
काठमाडौं, २३ मंसिर । रोटरी क्लब अफ राजधानीले काठमाडौँको उत्तरी भेगका जन समुदायलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविर संचालन गरेको छ ।
आफ्नो स्थापना कालदेखि नै काठमाडौँ को नयाँपाटीलाई अनुग्रहण गरी आफ्नो कार्यस्थल बनाएको क्लबले विशेष गरि महिलाहरुलाई लक्षित गरि शारिरीक स्वास्थ शिविर, दन्त परिक्षण, नेत्र परीक्षण तथा परिवार नियोजन सेवा प्रदान गरेको हो ।
‘स्वास्थ्य शिविरमा २६५ जनाले लाभ लिनुभयो ।’ रोटरी क्लब अफ राजधानी कि अध्यक्ष डा. कोकिला बैद्यले भनिन्- ‘७० जनाले ब्लड सुगर समेत जाँच गराए ।’

स्वास्थ शिविर नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको परिसरमा भएको थियो । स्वास्थ्य जाँचका लागि वरिष्ठ आँखा रोग विशेषज्ञ प्रा.डा. बंशीकृष्ण मल्ल, वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कस्तुरी मल्ल, वरिष्ठ दन्त रोग विशेषज्ञ प्रा.डा. अन्जना राजभण्डारी, डा. समिरा राजभण्डारी र मेरी स्टोप्स इन्टरशनेशनलले आफ्नो सेवा प्रदान गरेका थिए । सो अवसरमा डाक्टरबाट सिफारिस भइ आएका औषधीहरु विरामीलाई निःशुल्क वितरण गरिएको थियो । रोटरियन गुण राज प्याकुरेल, प्रदिप श्रेष्ठ लगायतले औषधीको व्यवस्थापन गरेका थिए ।
रोटरी क्लब अफ राजधानीको सामुदायिक समिति नयाँपाटीले संयोजन गरेको कार्यक्रममा इनरव्हिल क्लब अफ राजधानीको समेत उपस्थिति रहेको थियो ।
रोटरी क्लब अफ राजधानी २००२ मा स्थापित संस्था हो । संस्थाले विभिन्न परोपकारी कार्यहरु गर्दै आएको छ ।















प्रतिक्रिया