– शान्ता कमली
राइनस, २३ मंसिर । प्रचुर सम्भावना भएर पनि संरक्षणको कमी अनी प्रचार प्रसार नभएर पछि परेको भन्दै राइनसका युवाहरु आफ्नो गाउँ आफै बनाउने अभियानमा जुटेका छन् ।
राइनास धमिलिकुवा ४ मर्स्याङदी नदीको काखमा अबस्थित अतिरमणीय लुपुखोला ढुन्ढुर र झरना अनि गुफालाई पर्यटकीय बिकासको लागि राइनस घर भै हाल बैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत सर्बेयर सुरेन्द्र नखोलाको नेतृत्व र राइनास घर भै वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत ईन्जिनियर अर्बिन चिलुवालको संयोजकत्वमा युबा अभियान चलाइएको हो ।
गाउँमा सहज पैदलमार्ग बनाउनको लागि देश बिदेशमा रहेका धमिलिकुवा बासीहरुसंग रकम संकलन कार्य चलिरहेको र जति सक्दो छिटो निर्माण कार्य थालिने बताइएको छ ।
हालसम्म अभियानमा ५ लाख रकम संकलन भइसकेको छ भने १० लाख रकम संकलन गरिने लक्ष्य राखिएको इन्जिनियर चिलवालले बताउनुभयो । सहयोग गर्नेहरुमा स्थानीय नवराज नखोला कतारबाट १२ हजार, शम्भु सेढाई कोरियाबाट १० हजार, जितेन्द्र चिलवाल अष्ट्रेलियाबाट १० हजार, जापानबाट सन्तोष चिलुवाल ११ हजार, दुबईबाट नवीन चिलुवाल १० हजार ५ सय रहेका छन् । त्यस्तै नेपालबाट अशोक पाण्डेले १० हजार सहयोग गर्नुभएको छ भने अन्यले १० हजार र ५ हजारका दरले सहयोग गरेको बताइएको छ ।
यस योजनाको साइड अबलोकन बसन्त श्रेष्ठले गर्नुभएको छ भने लागत र डिजाईनको काम इन्जिनियर किरण चिलुवालबाट भइरहेको छ । यस क्षेत्रमा निकट भबिस्यमा र्याफ्टिङ बन्जी जम्पजस्ता आयोजनाहरु संचालन गर्न सकिने समेत विश्वास लिइएको छ ।
स्थानीय बुद्धिजिबिहरुको साथ, सहयोग मिलिरहेको र त्यसको लागि शिक्षक उद्दब राज चिलुवालसंग सहकार्य भइरहेको बताइएको छ ।
आगामी दिनमा महत्वपूर्ण क्षेत्रहरुलाई नगरपालिका र जिल्ला बिकासबाट पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अभियानका संयोजकले चिलुवालले आशा व्यक्त गर्नुभयो ।












प्रतिक्रिया