१९ कार्तिक २०८३, बिहिबार

राप्रपाका पूर्वकेन्द्रीय सदस्य बस्नेतको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RPPकाठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य हरिकुमार बस्नेतको अर्बुद रोगका कारण ७१ वर्षको उमेरमा निधन भएको छ । उहाँको मंगलबार निधन भएको थियो भने बुधबार दाहसंस्कार गरियो ।

तारकेश्वर नगरपालिका–१५ (साविक धर्मस्थली–९) निवासी बस्नेत विगत आठ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । अस्वस्थताका कारण उहाँ राप्रपा (नेपाल)सँगको एकता कार्यक्रममा भने सहभागी हुन सक्नुभएको थिएन । उहाँ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दनिकट मानिनुहुन्थ्यो ।

कानुन व्यवसायी र समाजसेवीसमेत रहनुभएका बस्नेत काठमाडौँ जिल्ला विकास समितिका पूर्व सदस्य पनि हुनुहुन्थ्यो । उहाँका दुई श्रीमती, तीन छोरा र दुई छोरी छन् । रासस