काठमाडौं, २२ भदौ । सरकारले पुरस्कृत गर्नका लागि यस वर्ष सर्वोत्कृष्ट निजामती कमर्चारी फेला पार्न सकेन। २०५६ सालमा स्थापित उक्त पुरस्कारबाट यसअघि दुईजना कर्मचारीमात्र पुरस्कृत भएका छन्। उक्त पुरस्कारको राशि दुई लाख रुपैयाँ छ।
उत्कृष्ट काम गरेबापत दिइने उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र निजामती सेवा पुरस्कार भने आइतबार बिहान घोषणा गरिने समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। पुरस्कारको घोषणा हरेक वर्ष निजामती सेवा दिवसका अवसरमा भदौ २२ गते गर्ने गरिन्छ।
जनही एक लाख रुपैयाँको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो।
‘सर्वोत्कृष्ट पुरस्कार दिने कर्मचारी नभेटिएको हो वा नाममा विवाद परेका कारण हो यसपटक घोषणा नगर्न खोजिएको छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने। अहिलेसम्म दुईजनाले मात्र उक्त पुरस्कार पाउनुले पनि हरेक वर्ष दिनुपर्ने बाध्यता नभएको ती अधिकारीले बताए।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवा अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूले प्रयास थालेको बताए। सेवा दिवसको पूर्वसन्ध्यामा पण्डितले भने, ‘निजामती सेवालाई देशप्रति समर्पित, अनुशाससित तथा कर्तव्यनिष्ठ बनाउने मेरो अभियान हो।’















प्रतिक्रिया