४ मंसिर २०८३, शुक्रबार

भारतीय पत्रकार बर्मा भन्छन्- बहादुरी नेपालीको जीनमै छ, नेताहरु बलिया भएनन्

17k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ananda-swaroop-verma-4

काठमाडौं, १८ मंसिर । नेपाल मामिलाका विज्ञ भारतीय पत्रकार आनन्दस्वरुप बर्माले नेपालीहरु साँच्चै बहादुर रहेको भन्दै प्रशंसा गरेका छन् ।

माईलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेडद्धारा शनिबार प्रकाशित ‘नेपाल भारत सम्बन्धः विगत, बर्तमान र भविश्य तथा पूर्वीय भौतिकबाद’ नामक पुस्तकमा भारतीय पत्रकार बर्माले नेपाली जनताको नसा नसामा बहादुरी छ भनेर उल्लेख गरेका छन् । तर, नेपाली नेताहरु आफ्नो अडानमा टिक्न नसक्दा नेपालमा भारतीय प्रभावले जरा गाडेर बसेको उनको टिप्पणी छ ।

‘बहादुरी नेपालीको जीनमै छ,’ बर्माले लेखेका छन्– ‘हो बहादुरी नेपाली जनताको नसा नसामा छ । नेपालको सरकार र यहाँका नेताहरुको आफ्नो अडान कायम राख्दा भारतीय सत्ता पक्ष आफै पछाडि हट्न बाध्य हुन्छ ।’

पुरस्ततको चौथो खण्डमा नेपाल मामिलाका विज्ञ भारतीय पत्रकार बर्माको लेख समावेश गरिएको छ ।