२८ आश्विन २०८३, बुधबार

युके समाजद्धारा सेवा संञ्चार गुल्मीलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi_mapअनिल खत्री

गुल्मी, २१ भदौ । गुल्मी जिल्ला युके समाजले गुल्मी जिल्लाको सञ्चार क्षेत्रको विकासका लागि आर्थिक सहयोग गरेको छ ।

गुल्मीको सेवा सञ्चार नामक संस्थालाई गुल्मी जिल्ला युके समाजले एक लाख रुपैयाँ सञ्चार क्षेत्रको विकासका लागि सहयोग गरेको हो ।

समाजका सचिव एवंम नेपाल पत्रकार महासंघ वेलायत शाखाका सदस्य शिव भण्डारी   लण्डनवाट सदरमुकाम तम्घास आई सेवा सञ्चारकी अध्यक्ष गंगा खड्कालाई विशेष समारोहकाबीच उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

गुल्मीका शैक्षिक, स्वास्थ र मानव उद्धारको क्षेत्रमा समेत महत्वपुर्ण सहयोग गर्दै आएको गुल्मी जिल्ला युके समाजलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्लावासीको तर्फबाट आभार प्रकट गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि युके समाजका सचिव भण्डारीले सेवा सञ्चारमार्फत जिल्लाको पत्रकारिताको विकासका लागि सहयोग गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।

युके समाजले जिल्लामा दुई वटा एम्वुलेन्स सेवा सञ्चालनमा सहयोग गर्न संस्था लागि पर्ने बताउनुभयो  ।