दक्षिण कोरिया । दक्षिण कोरियाको छुसकका अवसरमा दोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा ‘कोरियाको दुःख’ चित्रकला प्रदर्शनी हुने भएको छ ।
प्रवासी कामदारका पीडाको बारेमा कोरिएका चित्रहरु प्रदर्शनीमा देख्न पाइनेछ । चित्रकार भिम सुब्बा तमाङ्ग बाबु साँइला ले ७ लाख विदेशी मजदूरको मनोदशा चित्र मार्फत उतारेका छन् ।
हाल दक्षिण कोरियामा कार्यरत तमाङ्गले चित्रमा वैवाहिक सम्बन्धमा कोरिया आएर दुःख पाएका विदेशी महिलाहरुको वेदना समेत ब्यक्त गरेका छन् ।
ललितकला क्याम्पसबाट स्नातक गरेका तमाङ्गले नेपाल रहँदा विभिन्न शीर्षकहरुमा चित्रकला प्रर्दशनी गरिसकेका छन् । उनका चित्रहरु अमेरिका, क्यानडा र बेलायतसम्म बिक्रि भएका छन् ।
सेप्टेम्वर ८ तारिक नमस्ते रेष्टुरेण्टमा मध्यान्ह १२ बजेबाट शुरु हुने प्रदर्शनीमा कोरियामा रहेका नेपालीहरुलाई उपस्थित भएर प्रदर्शनीको अवलोकन गर्न समेत उनले आग्रह गरेका छन् ।













प्रतिक्रिया