३१ आश्विन २०८३, शनिबार

आहा गोल्ड कप खेल्न नेपाली अमेरिकन टोलि नेपाल जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-american-soccer-team– विजय थापा

वाशिंगटन डीसी । पोखरामा संचालन हुने आहा गोल्ड कप २०१७ मा सहभागी हुन् अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रियस्तरका मिश्रित भकुण्डो खेलाडी टोलि जनवरी १२ तारिख नेपाल उड्ने भएको छ ।

आगामी डिसेम्बर १७ तारिख डिसी क्षेत्रमा अन्तिम छनौट गरिने जानकारी टोलिका संयोजक चन्द्र लामाले दिए । नेपालमा हुने अन्तर्राष्ट्रियस्तरको भकुण्डो प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रिया अगाडि बढाउने योजना मुताबिक सबै इच्छुक खेलाडीलाई डीसीमा बोलाइनेछ । एक सशक्त नेपाली अमेरिकन सकर टोलि निर्माण हुने कुरामा लामा विश्वस्त रहेको बताए ।

अमेरिकाको पुरानो गैर मुनाफा सामाजिक संस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को पहलमा यो टोलि निर्माण हुन् लागेको हो । यसअघि नै सात सदस्यीय छनौट प्रक्रिया समिति निर्माण गरी सकिएको छ ।

यसमा सहभागी हुन् चाहने खेलाडीहरुले तोकिएको मिति तथा स्थानमा आफै भौतिक रुपले उपस्थिति हुनु पर्ने र आफ्नो खर्चमा डिसी आउनु पर्ने जानकारी दिइएको छ ।

नयाँ वर्ष जनवरी २०१७ को दोश्रो हप्तामा नेपाल प्रस्थान गरिनेछ । छनौट भएका खेलाडीहरुको हकमा नेपाल आवतजावत खर्च, आवास तथा खानाको व्यवस्था टोलिले व्यवस्था गर्नेछ ।

सन् २००२ देखि संचालनमा रहेको अन्तर्राष्ट्रियस्तरको आहा गोल्ड कप भकुण्डो प्रतोयोगिता हो । उपत्यका बाहिर आयोजना हुने ठूलो तथा महत्वपूर्ण मानिन्छ ।

सहारा क्लबद्वारा आयोजना हुने उक्त प्रतियोगिता पहिला क्याराभान गोल्ड कप राखिएको भएता पनि अहिले आहा गोल्ड कप नामाकरण गरिएको छ ।

आहा गोल्ड कप प्रतियोगितालाई एन्फा कास्कीद्वारा मान्यता प्राप्त छ । प्रतियोगितामा नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ ।