४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदबाट पारित, संसदमा सचिवालयमा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-pm-speech

काठमाडौं, १४ मंसिर । सरकारले तयार पारेको चारबुँदे संविधान संशोधन प्रस्ताव पारित भएको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संशोधन प्रस्ताव पारित गरेको सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषदबाट पारित भएलगत्तै संसद सचिवालय पुगेर कानुनमन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले नागरिकता, प्रादेशिक सीमाङ्कन, समानुपातिक प्रतिनिधित्वलगायत बुँदामा संशोधन गर्न लागेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदका सबै सदस्यको धारणा सुनेपछि प्रस्ताव पारित गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्तावमा मधेसी मोर्चाको असहमति भएपनि समर्थन गर्ने प्रतिबद्धता जनाइसकेको जानकारी गराउँदै क्याविनेटबाट पास गरेर संसदमा दर्ता गर्ने निर्णय सुनाएका थिए ।

तर, मोर्चाका नेताहरुले भने प्रधानमन्त्रीसँग कुनै प्रतिबद्धता नजनाएको दाबी गरेका छन् ।

रक्षामन्त्री खाँडको असन्तुष्टि

संविधान संशोधन प्रस्तावको निर्णयमा क्याविनेट बैठकमा रक्षामन्त्री बालकृष्ण खाँडले असन्तुष्टि जनाएका थिए । उनले पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावमा असहमति जनाएपनि मन्त्रिपरिषद बैठकमा बहुमतले संशोधन प्रस्ताव पारित गरेको छ ।

यस्तो छ संशोधन प्रस्ताव

second-admintonsecond-adminton-1