३० आश्विन २०८३, शुक्रबार

नेपाली जनताबाट राजसंस्थालाई पुनःस्थापित गर्ने कि विदेशीहरुको साथ र सहयोगमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-shah

सामाजिक संजालमा अहिले २ वटा कुरा अत्यन्त तिब्र रुपले भाइरल भइरहेको छ । त्यो हो प्रचण्डले राजा ज्ञानेन्द्रबाट चीन र भारतमा गएर षडयन्त्र गदैैछ भनेर बोलेको कुरा र राजा ज्ञानेन्द्रबाट राजसंस्था पुनस्थापित गर्न युवराज्ञी हिमानीसंग मिलेर चीन र भारतका नेताहरुसंग अन्तिम प्रयास भनेर ।

कुरा जे भए पनि एउटा सत्य कुरा के रहेको छ भने गणतन्त्रवादीहरु अहिले पनि राजासंग कति सम्म त्रसित छन् भनेर स्पष्ट रुपमा देखाएको छ । राजाको सिंगापुर भ्रमणको केही समय पछि नै केपी ओलीले राजा ज्ञानेन्द्र विदेशमा के गर्दैछ त्यसको सबै जानकारी सरकार लिनु पर्छ भन्दै प्रचण्डलाई राजा ज्ञानेन्द्रको भ्रमणको जानकारी माग्नु र प्रचण्डले राजा ज्ञानेन्द्रबाट षडयन्त्र गर्दैछ भनेर भन्नु कुनै संयोग मात्र नभए गणतन्त्रवादीहरुले पनि अहिले आएर नेपालमा राजसंस्था पुनस्थापित हुदैछ भनेर विश्वास गरेको स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

किनकी राजाको विदेश भ्रमण यो पहिलो पटक होइन राजा समय समयमा विदेश भ्रमणमा जानु हुन्छ कहिले एक्लै त कहिले युवराज्ञी हिमानीसंग त कहिले सपरिवार नै विदेश भ्रमणमा जानु हुन्छ । यसरी राजा आफ्नो नियमित विदेश भ्रमणमा जाने क्रममा सिंगापुर जानु हुदा आफुलाई गणतन्त्रका निर्माता मान्ने प्रचण्ड र आफुलाई कट्टर राष्टवादी भन्न रुचाउने केपी ओली जस्ता नेताहरु राजाको वर्तमान भ्रमणबाट त्रसित हुनुको स्पष्ट तात्पर्य नेपालमा राजतन्त्र पुन स्थापित हुदैछ भन्ने झनक पाएर नै हो । अर्थात अब गणतन्त्रवादीहरुले नै राजसंस्था पुनस्थापित हुदैछ भनेर प्रचार गरेका छन् । जुन सच्चा देशभक्त राजावादीहरुकोलागी मात्र होइन सबै नेपालीहरुकोलागी खुशी र सरकारात्मक कुरा हो । यसको लागी यी  गणतन्त्रवादी नेताहरुलाई यसकोलागी धन्यवाद दिनै पर्छ ।

लेखक
लेखक

जहाँ सम्म राजाको भ्रमणको कुरा छ । ०६२ र ०६३ को आन्दोलनमा राजासंग सहमति गरेर राजालाई नै घोका दिएका यी दलाल गणतन्त्रवादीहरुसंग राजा रुष्ट अवश्य नै छ भन्ने कुरा त राजाले समय समयमाः मेरो र दलहरुको बिचमा के कस्ता सहमति भए त्यसको जानकारी भएका नेताहरु अहिले पनि ज्युदै छ भनेर भन्नु भएको छ । साथै राजाले समय समयमाः देश र जनताले मागेको र चाहेको समयमा म देश र जनताको सेवा गर्न सदैब तयार र तत्पर छु भनेर भन्नु भएको छ । यसरी राजाले सभ्य र शालिन तरिकाबाट दलहरुलाई सम्झाउँदा पनि उल्टै राजालाई नै  नानाथरि गाली गरौज मात्र गरे । तर पनि राजाले आफ्नो शालिनतलाई छाड्नु भएन ।

तर सहनताको पनि सीमा हुन्छ । राजाको चाहना सदैब देशको रक्षा र जनताको समृद्धी होस भन्ने नै हो । जुन कुरा राजा ज्ञानेन्द्रबाट राजगद्दी नै विना अवरोध परित्याग गरे देखाउनु भएको थियो । तर राजाको यो सहनता, शालिनता र र देशभक्ती भावना तथा देश र जनताप्रति अपार लगाब एवं प्रेमलाई राजाको कमजोरी सम्झेर यी गणतन्त्रवादीहरुले देश र जनतालाई बर्बाद गर्ने मात्र होइन देशको अस्तित्वलाई नै धरापमा पार्न थाले पछि केही समय अगाडी राजाबाट गणतन्त्रवादी सत्ताधारीलाई ७ प्रश्न सहित आफुलाई सुधार्न आह्वान गर्नु भएको थियो । तर गणतन्त्रपवादीहरुले राजाको आह्वानलाई कानमा तेल हालेर बसे ।

त्यसको लगत्तै राजाबाट पहिलो पटक सार्वजनिक रुप मै वनकालीबाट दलहरुलाई देश र जनतालाई बर्बाद नगर्न चेतावनी दिनु भयो । साथै राजाले आफ्नो भूमिका अब आवश्यक रहेको र आफ्नो भूमिका प्रदान गर्न निर्देशन दिनु भयो र यसो नगरे विद्रोह हुने चेतावनी दिनु भएको थियो । तसर्थ आज राजाको अहिलेको विदेश भ्रमण यी दलाल गणतन्त्रवादीहरुको अन्त र देश र जनतालाई मुक्त गर्नेकडीको रुपमा हेर्न सकिन्छ । किनकी  अब पनि राजाले यस्तो कदम नचाले यो देश रहनै नसक्ने अवस्थामा पुगी सकेको छ । त्यसैले राजाबाट आफ्नो राजधर्मलाई निर्वाह गर्नु आवश्यक थियो जुन राजाबाट भयो ।

अध्यक्ष
राजसंस्था पुन:स्थापना संघर्ष समिति