४ मंसिर २०८३, शुक्रबार

भ्रष्टाचार अभियोगमा अख्तियारको छानविनमा रहेका सहसचिवलाई डिजी बनाउने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tejraj-bhattaकाठमाडौं, १४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको अभियोगमा छानविनको दायरामा रहेका खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव तेजराज भट्टलाई खानेपानी तथा ढल निकास विभागको महानिर्देशक बनाउने तयारी भएको छ ।

कानुनत भ्रष्टाचारको अभियोगमा छानविनमा रहेका कर्मचारीलाई महत्वपूर्ण जिम्मेबारी दिन मिल्दैन । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका विभागको निर्देशक रहेका बेला उनले आर्थिक अनियमितता गरेको भनी अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरी पर्नासाथ उनलाई मन्त्रालय तानिएको थियो । उनको बारेमा अनुसन्धान जारी राखिएकै बेला राजनीतिक दबाबमा अर्को महत्वपूर्ण निकायको जिम्मेबारी दिन लागिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा मन्त्रालयले उनलाई विभागीय जिम्मेबारी दिन लागेको हो । नेपाली कांग्रेसका पूर्व सांसद हिरा भट्टका भाई रहेका कारण कांग्रेसको दबाबमा उनलाई डिजी बनाउने तयारी भएको हो ।

खानेपानी मन्त्रालय अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको माथाहतमा रहेपनि उनले समय दिन सकेका छैनन् । मन्त्रालयका अधिकारीलाई उनको सरुवा र जिम्मेबारीका लागि दबाब दिने काम भइरहेको स्रोतले जनाएको छ । भट्टले कांग्रेसका नेताहरुलाई जिम्मेबारीका लागि निरन्तर गुहारी रहेका थिए ।

०७२ सालको फागुनमा राजधानीमा मेलम्चीको पानी ल्याउनुपर्ने भएपनि उनको कार्यकालमा काम हुन नसकेका कारणले पानी आउन सकेको थिएन । कार्यान्वयनको काममा आर्थिक स्रोत खोज्ने र काममा ढिलाई गरेको भनी उनीविरुद्ध उजुरी पनि परेको थियो ।