काठमाडौं, १४ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता गराउने दाबी गरेका छन् ।
संविधान संशोधन दलहरुबीचको न्युनतम सहमति बनाएर अघि बढाउने पक्षमा प्रधानमन्त्री रहेको जानकारी दिँदै नारायणले भने- ‘हचुवाको भरमा संशोधन प्रस्ताव अघि बढ्दैन, हामीले कटुवाल काण्डमा ठूलो धोका खाएका छौं ।’
प्रचण्डका भाई समेत रहेका नेता दाहालले संविधान संशोधन गर्ने विषय पेचिलो बनेको उल्लेख गर्दै प्रस्ताव दर्ता गराउनको लागि प्रधानमन्त्रीले अहोरात्र मेहनत गरेको बताए । उनले अघि थपे, ‘यो सरकारको गठन नै संविधान संशोधन गरेर सबैलाई सहमति ल्याएर चुनाव गराउनको लागि हो, अनि संविधान कार्यान्वयनको लागि हो ।’
उनले मधेशी मोर्चासँग वर्तमान सरकार गठन गर्नुपुर्व नै तीन बुँदे सहमति काँग्रेस र नेकपा माओवादी केन्द्रले गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहाल यतिवेला संशोधन गर्नेमा नैतिक दबाबमा रहेको समेत जिकिर गरे ।
उनले प्रचण्ड संविधान संशोधनबाट पछि हट्न लागेको भनेर बाहिर हल्ला भएकोमा तिव्र असन्तुष्टि पोख्दै भने, ‘यसमा कुनै तुक छैन, यो सत्य कुरा होईन ।’ उनले संविधान संशोधन दलहरुबीचको न्युनतम सहमति बनाएर अघि बढाउने पक्षमा प्रधानमन्त्री रहेको जानकारी दिए । दाहालले अघि थपे, ‘हचुवाको भरमा संशोधन प्रस्ताव अघि बढ्दैन, हामीले कटुवाल काण्डमा ठूलो धोका खाएका छौं ।’
उनले संविधान संशोधनको लागि मधेशी मोर्चाले दिएको अल्टिमेटम आज सकिन लागेको भएपनि मोर्चा कसरी प्रस्तुत हुन्छ त्यही अनुसार सरकारले आफ्नो धारणा बनाउने समेत जनाए । उनले सरकारमा समावेश हुनेहरु बढिरहेकोले संविधान संशोधनमा सहमति जुट्ने आधारहरु समेत तय भएको जिकिर गरे ।
उनले वर्तमान काँग्रेस–माओवादी केन्द्रको गठबन्धनले तीन वटै निकायको चुनाव गराउने समेत दाबी गरे । उनले थपे, ‘चुनाव गर्नकै लागि यो सरकार गठन भएको हो नि, यो गठबन्धन तीन वटा निकायको चुनाव गराउनजेलसम्म हो ।’












प्रतिक्रिया