४ मंसिर २०८३, शुक्रबार

स्वास्थ्यमन्त्री थापाले डा केसीलाई भेटे, माग सम्बोधनबारे क्याविनेटमा कुरा राख्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-govinda

काठमाडौं, १४ मंसिर । स्वास्थ्यमन्त्री गगन थापाले अनशनरत डा. गोविन्द केसीलाई शिक्षण अस्पतालमा पुगेर भेट गरेका छन् ।

भेटमा मन्त्री थापाले आज साँझ पाँच बजे बस्ने मन्त्रिपरिषद् बैठकमा माग सम्बोधनबारे प्रधानमन्त्रीसँग सिधा कुरा गर्ने प्रतिबद्धता जनाएको उनको निजी सचिवालयले जनाएको छ ।

स्वास्थ्य शिक्षाको सुधार र त्रिवि उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केशवप्रसाद सिंहलाई बर्खास्त गर्नुपर्ने, लोकमान महाअभियोग प्रकरणलाई टुंग्याउनुपर्ने मागसहित केसी १७ दिनदेखि आमरण अनशनमा छन् ।

‘डा केसीका मागहरु सम्बोधनका लागि म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग क्याविनेट बैठकमा कुरा राख्छु,’ मन्त्री थापाले सञ्चारकर्मीसँग भने– ‘समस्या समाधानबारे आज केही निर्णय हुनसक्छ ।’

तस्विर: डिल्लीराम सुवेदी  ।