३१ आश्विन २०८३, शनिबार

बहराइनमा समाजसेवी गुरुङलाई सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

%e0%a4%95%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%a4-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa– कृष्ण सारु

बहराइन । नेपाल आदिवासी जनजाति महासंघ बहराइनले मानमास्थित सित्तल नेपाली रेस्टुरेन्टको सभाहलमा नेपाली समुदायका जेष्ठ नागरिक समेत रहेका वरिष्ठ समाजसेवी गमबहादुर गुरूङ्गको प्रमुख आतिथ्यमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

गएको ११ नोभेम्बरका दिन नेपाल आदिबासी जनजाति महासंघको प्रथम महाधिवेशनलाई ऐतिहासिक सम्पन्न गराउन आर्थिक, भौतिक, नैतिक रूपमा सहयोग पगाउने सबैलाई सभापति, प्रमुख अतिथि, विशेष अतिथिको सहयोगमा प्रशंसा पत्र प्रदान गर्दै महासंघले सम्मान गरेको हो ।

सोही क्रममा निवर्तमान अध्यक्ष बुद्धिराज राईले कर्मभूमि बहराईनलाई विट मार्दै यही ७ डिसेम्बरका दिन मातृभूमि स्वदेश जाने भएकोले उहाँले संघलाई दिएको योगदानको उच्चमूल्यांकन गर्दै कदर पत्र (मोमेन्टो) प्रदानगर्दै महासंघका अध्यक्षले बिदाई पनि गरेका छन् ।

मिङमाच्यावा शेर्पाको संयोजकत्वमा भएको पहिलो भेलाबाट पूर्णता दिँदै गएको ११ नोभेम्बरका दिन शेर्पा घेदुङ्ग बहराईन नामक गठन भएको उक्त संस्था २५ नोभेम्बर २०१६ शुक्रबारका दिन महासंघमा आवद्ध भएको हो ।

मध्येपूर्वीय राष्ट्र बहराईनमा मगर संघ, तमु समाज, किराँत याक्थुम चुम्लुङ्ग, तामाङ्ग सेवा समाज, किराँत राई यायोक्खा ५ वटा मातृ संस्थाहरुको विशेष पहलमानगेन्द्र चाम्लिङ्ग राई र जयेन्द्र घिसिङ्ग तामाङ्गको विशेष पहलमा आदिवासी जनजाति महासंघलाई २०१४ मा स्थापना गरेका हुन् । भर्खरै महासंघमा आवद्ध शेर्पा घेदुङ्ग समेत गरी हाल ६ वटा मातृ संस्था पुगेको छ ।