३० आश्विन २०८३, शुक्रबार

भागवत सुनेर आएकी आमाले छोरीलाई यस्तो हालतमा भेट्टाएपछि…

15.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

womenएजेन्सी । भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा जोखिम पनि हुन्छ । सावधानी नअपनाउँदा ज्यानै लिन्छ । घरपरिवारलाई छाडेर संसार त्याग्नुपर्ने अवस्था समेत आउँछ ।

यस्तै घटना भएको छ दिल्लीको इन्दौरमा । इन्दौरको बाणगंगा थाना क्षेत्र अन्तर्गतको शिवकंठ नगरमा रानू नामकी २१ वर्षीय एक युवतीले प्रेममा धोका पाएपछि आफ्नो घरपरिवार छाडेर संसार त्यागेकी छन् । अर्थात उनले मृत्युवरण गरेकी छन् ।

भागवत सुनेर फर्किएकी आमा छोरीलाई विस्तारामाथि पंखामा झुण्डिएको अवस्थामा देखेर बेहोस भएकी छन् । रानूले आत्महत्या गर्नुको कारण सुसाइट नोटमा लेखेकी थिइन् । उनका परिवारले सुसाइट नोट फेला पारेर पढ्दा लेखिएको थियो– ‘मलाई एक युवकले प्रेममा धोका दियो । उसले मलाई जिउन लायक राखेन् ।’

प्रहरीले परिवारको वयान र सुसाइड नोटको आधारमा कारवाही प्रक्रिया अगाडि बढाएको छ ।