२८ आश्विन २०८३, बुधबार

भाइरल ज्वरोका कारण सप्तरीको जनजीवन प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

joroसप्तरी, २१ भदौ । बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र कमलपित्तको प्रकोप फैलिएको छ । भाइरल ज्वरो र कमलपित्तको प्रकोपसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।

सप्तरीको कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले भाइरल ज्वरो र कमलपित्तको बिरामी बढेको वरिष्ठ ल्याब असिस्टेन्ट विद्यानन्द चौधरीले जानकारी दिए ।

उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक १०० देखि १३० सम्म बिरामी आउने गरेका छन् । आउने बिरामीमा ७० प्रतिशत ज्वरो पाइने गरेको छ भने केहीमा कमलपित्त देखिने गरेको छ ।

यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा समेत दैनिक ५०÷६० जनासम्म भाइरल ज्वरो, टाइफाइडका बिरामी आउने गरेको अस्पतालका चिकित्सकले बताएका छन् ।

मौसममा आएको परिवर्तनका कारण ज्वरो र टाइफाइडका बिरामी ह्वातै बढेको चिकित्सक टेकनारायण मण्डलले बताए ।