ओमन । नेपालभन्दा वाहिर विश्वभर छरिएर रहेका नेपालीलाई विचार र सिद्धान्तका आधारमा एउटै साझा संयन्त्रमा आवद्ध गर्दै नेपाली नागरिकका वीचमा सामाजिक सदाचार, सद्भाव र सहयोगको विकास गर्न ओमानमा एमालेको संगठन विस्तार भएको छ ।
निरन्तर क्रियासिल रहदै आएको प्रवास मा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चको ओमानस्थित संगठन प्रवासी नेपाली मञ्च ओमानले आफ्नो संगठन बिस्तार गरेको हो । सोहारमा १३ सदस्यीय प्रवासी नेपाली मञ्च ओमान सोहार क्षेत्रीय कमिटी बनाइएको छ ।
प्रवासी नेपाली मञ्च ओमान राष्ट्रिय कमिटीका अध्यक्ष गगन कार्कीको अध्यक्षतामा र महासचिव सोमकृष्ण श्रेष्ठको सञ्चालमा सम्पन्न उक्त भेलामा राष्ट्रिय कमिटीका बरिष्ठ उपाध्यक्ष लीलानाथ कोइराला, उपाध्यक्ष रामहरि गिरी, सदस्य एवं खेलकुद विभाग प्रमूख कमल गौतम र सदस्य भूपाल चौहानको उपस्थिति रहेको थियो ।
सोहारमा रहेका प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थितिमा सञ्चालन भएको भेलाले झलक प्रसाद ढकालको अध्यक्षता १३ सदस्यीय कमिटीको चयन गरेको छ ।















प्रतिक्रिया