३१ आश्विन २०८३, शनिबार

दोश्रो एनआरएनए अफ्रिका क्षेत्रीय बैठकको तयारी तीब्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

finallogo-page-001तान्जनिया । आउँदो डिसेम्बर २४ र २५ तारिखमा तान्जानियाको दार–ए–सलाममा सम्पन्न हुने दोश्रो अफ्रिका क्षेत्रीय बैठकको तयारी तीब्र रुपमा अगाडि बढेको छ ।

गैर आवासीय नेपाली संघको आयोजना र प्रिटोरियास्थित नेपाली दूताबासको सहयोगमा आयोजना हुने बैठकले अफ्रिका महादेशमा रहेका गैर आवासीय नेपालीहरुले भोग्नु परेका समस्याको विषयमा छलफल हुनेछ ।

नेपालबाट अफ्रिका ट्रन्जिट भएर हुने गरेको मानव तस्करी, दूतावास र कुटनीतिक निकाय नहुँदा खासमा नेपाली श्रमिकले भोग्नु परेका समस्या, अफ्रिका राहत कोषको बिस्तार लगाएत विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीलाई जिम्मेवारी दिइएको छ । एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सहसंयोजक रहेको एक आयोजक समिति गठन भएको छ ।