
एजेन्सी । मानिसले कुकुरसँग विहे गरेको सुन्नु भएको छ ? तर भारतमा भयो यस्तै । झारखण्ड की १८ बर्षीया युवतीले कुकुरसँग बिहे गरेकी छिन्, त्यो पनि राजीखुसी ।
तर किन ? कारण सुन्नुभयो भने तपाईं अचम्ममा पर्नुहुन्छ । मंगली मुण्डा नामक युवतीको स्थानीय धामी झाँक्रीको सल्लाह अनुसार युवतीको कुकुरसँग बिहे भएको हो । युवतीले पुरुषसँग विवाह गर्दा विवाह गर्ने पुरुषको घरमा नराम्रो हुने बताएकाले उनका परिवारले कुकुरसँग बिहे गराइदिएका हुन् । कुकुरसँग बिहे गर्दा मण्डप समेत बनाइएको थियो भने कुकुरलाई बेहुला बनाएर कारमा जन्तीसमेत गइएको थियो । महिला र पुरुषबीच हुने विवाह जस्तै भब्य समारोह गरेर विवाह गरिएको थियो ।
युवतीसँगै दुलहा जस्तैगरि कुकुर राखेर पुरेतले विवाहको सबै प्रक्रिया पुरा गरेका थिए । पुरुषलाई जस्तै गरि माला लगाएर बिवाह गरेपछि अहिले त्यो कुकुर युवतीको घरमै पालिएको छ । ज्योतिषीले युवतीको कुकुरसँग बिहे गरेपछि भने नराम्रो भाग्य काटिएको भन्दै अब पुरुषसँग बिवाह गर्न पनि मिल्ने बताएका छन् । कुनै फिल्मको कथाझैं लाग्ने यो वास्तविक घटनाले यतिबेला भारतको झारखण्डमा चर्चा पिटेको छ ।
















प्रतिक्रिया