३० आश्विन २०८३, शुक्रबार

बाँदरले युवती जिस्काएपछि बबाल, सहरमा दंगा भड्कियो

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

libiyaएजेन्सी । एक स्कले युवतीलाई बाँदरले जिस्काएपछि लिबियाको सभामा भयंकर तनाव र हिंसा सुरु भएको छ ।

युवतीमाथि बाँदरले हमला गरेपछि लिबियामा सुरु भएको हिंसामा कम्तीमा २० जनाको ज्यान गएको र ५० भन्दा बढी मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसरी भयो घटना

दक्षिण लिबियाको दुई जनजातिहरुबीच यो हिंसा तब भड्कियो जब गद्दाफा जनजातिको एक पसलेको घरपालुवा बाँदरले अर्काे जनजातिकी एक युवतीमाथि हमला गर्यो । युवतीका परिवारले यसको बदला लिनका लागि बाँदरसमेत गद्दाफा जनजाति समुदायका तीन जनालाई मारिदिए । त्यसपछि दुबै समुदायबीच सुरु भएको संषर्घ अझै जारी छ ।

स्थानीय रिपोर्टअनुसार एक बाँदरले स्कूल गइरहेका युवतीहरुको एक समूहमाथि हमला गरेको थियो । बाँदरले अलवाद जनजाति समुदायकी एक युवतीको हेडस्कार्फ खिचेको थियो र त्यसपछि हमला गर्दै काटेर घाइते बनाएको थियो । हमला गर्ने बाँदर गद्दाफा जनजातिका एक पसलेको थियो । यो घटनाबाट अलवाद सुलेमान जनजातिका मानिसहरु रिसाएर बाँदरसमेत गद्दाफा जनजातिका तीन जनालाई मारिदिए । युवतीका परिवारले गद्दाफा जनजातिका जून तीन जनालाई मार्यो तिनीहरु युवतीमाथि आक्रमण हुँदा बाँदरसँगै थिए ।

दुबै जनजातिसँग ठूला ठूला हतियार छन् । रिपोर्टका अनुसार टैंक, राकेटस्, मोर्टार र कैयौ भारी हतियार लडाइँमा प्रयोग भइरहेको छ जसका कारण ५० भन्दा बढी मानिस गम्भीर रुपमा घाइते भएका छन् ।