२८ आश्विन २०८३, बुधबार

डिसीका नेपाली युवाले बरफ टाउकोमा खन्याई चुनौती दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

unnamedविजय थापा
भर्जिनिया  ।  अमेरिका भर एएलएस (एमिट्रोफिक लेटेरल इस्कलेरोसिस )मस्तिष्कको स्नायु रोगलाई चेतना जागृत गर्ने उदेश्य तथा मनोरञ्जनका लागि गरिएको एएलएस आइस बकेट च्यालेन्ज (बाल्टी बरफ चुनौती) लाई हाँक दिदै डिसीका एक युवा बिभु शर्माले बाल्टीभर राखिएको बरफ आफ्नो टाउकोमा खन्याई ३ जनालाई चुनौती दिएका छन् ।

डिसी महानगर भर्जिनियाको लाउडन काउन्टी साउथ राइडिंग नजिक एल्डीका स्थानीय निवासी बिभु शर्मा  १८ वर्षको हुँदा नेपालबाट अमेरिका आएका हुन् ।

उनले राम्रो कामको लागि टाउकोमा बरफको टुक्रा खन्याएको भन्दै ३ जनाको नाम लिदै २४ घण्टा दिदैँ  केही चन्दा दिन पनि आग्रह गरेका छन् ।

उनले दिएको चुनौतीलाई स्वीकार गर्दै अन्य तीन जनाले पनि बाल्टीभर राखिएको बरफको टुक्रा खन्याएका छन् ।

यो प्रक्रियामा तीन जनाबाट अर्को तीन जना हुदै जानेछ ।
संचार माध्यम त्यसमा पनि सामाजिक संजालमा जताततै देखेर प्रभावित हुँदै बिभुले यो काम गर्न कुनै पहाड फोड्नु पर्ने नभएकाले आफुले गरेको बताए ।

उनले नेपाली समुदायलाई  राम्रो कामको लागि यस्तो चुनौति लिएको भन्दै अरुलाई पनि चुनौति लिन आग्रह गरे ।
स्नायु रोगको अनुसन्धानको लागि द्रब्य दान गर्न अनुरोध गरेका छन् ।