१२ कार्तिक २०८३, बिहिबार

फागुन दोस्रो सातादेखि यी सवारी साधन चल्न नपाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busकाठमाडौं, ५ मंसिर । सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ ।

प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

१८ फागुन ०७१ मा सरकारले राजपत्रमा सूचना निकाल्दै २० वर्ष पुराना गाडीको सम्पूर्ण राजस्व तिर्न समयावधि दिएको थियो ।

आगामी फागुनमा दुई वर्षको अवधि पूरा हुने भएकाले १९ गतेदेखि भाडाका गाडी सञ्चालनमा प्रतिबन्ध लगाउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए ।

‘कार्यविधि बनाउने काम भइरहेको छ’, उनले भने, ‘केही दिनभित्रै सूचना निकाल्छौँ, फागुन १९ गतेबाट २० वर्ष पुराना भाडाका गाडी प्रयोग गर्न पाइँदैन ।’