खजुरा (बाँके), १९ भदौ । बाँके जिल्लाको राप्तीपारि क्षेत्रमा पर्ने कालाफाँटामा एकै घरका चारजना एचआइभी एड्सबाट सङ्क्रमित भएको भेटिएको छ ।
कालाफाँटा–६ का एकै घरका श्रीमान्, श्रीमती र तीन छोरीसमेत एचआइभीबाट सङ्क्रमित भएका छन् । कुन्नु भन्ने चम्की खाँले भारतको मुम्बईमा गएका बेला एचआइभी लिएर आएको र श्रीमतीमा समेत सारेको प्रहरी चौकी नरैनापुरका इन्चार्ज मनोज मिश्रले जानकारी दिनुभयो ।
खाँकी श्रीमतीबाट जन्मेका सबै बच्चामा एचआइभी पोजेटिभ देखिएको छ । छोरीहरु आठ, १० र १२ वर्षका छन् ।
इन्चार्ज मिश्रका अनुसार, कुन्नुलाई एचआइभी भएको थाहा भएपछि नेपालगन्ज भेरी अञ्चल अस्पताल पठाउँदा परिवारमा पनि एचआइभी देखिएको पत्ता लागेको हो ।
भारतसँग सिमाना जोडिएका कालाफाँटा, नरैनापुर, गङ्गापुर, लक्ष्मणपुरलगायतका गाउँमा एचआइभी सङ्क्रमितहरु धेरै रहेको इन्चार्ज मिश्रले बताउनुभयो । रासस













प्रतिक्रिया