काठमाडौं, ४ मंसिर । कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आफू पछाडि हटेको जानकारी गराएका हुन् । सभापति देउवासँग खड्काको नयाँ माग सभापति देउवाले आफूलाई कुनै हालतमा उपसभापति नबनाउने बुझेपछि नेता खड्का पछाडि हटेका हुन्। तर, उनले देउवासँग नयाँ सर्त पनि राखेका छन्। महामन्त्रीमा पूर्णबहादुर खड्कालाई ल्याउनुपर्ने।
केन्द्रीय समितिमा मनोनीत गर्न बाँकी १० सदस्यमध्ये पाँचजना र चुनावमा टिकट बाँड्ने संसदीय बोर्डमा दुई सदस्य आफ्नो पक्षलाई दिनुपर्ने सर्त उनले राखेका छन् । तर, देउवाले महासमिति बैठक डाकेर केही केन्द्रीय सदस्यको प्रस्ताव ल्याएपछि मात्र सदस्य दिन सकिने बताएका थिए।
लामो समयदेखि देउवालाई सहयोग गर्दै आएको, १३औँ महाधिवेशनमा देउवालाई जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खड्काले उपसभापतिमा दाबी गर्दै आएका थिए। केन्द्रीय समितिमा उनीपक्षीय पाँच नेताले जितेका छन्।
लामो समयदेखि देउवालाई सहयोग गर्दै आएको, १३औँ महाधिवेशनमा देउवालाई जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खड्काले उपसभापतिमा दाबी गर्दै आए पनि अब उपसभापतिमा गोपालमा श्रेष्ठलाई समर्थन गर्ने बचन दिएका थिए।
आफू पछि हटेपछि नेता खड्काले उपसभापतिमा गोपालमान श्रेष्ठलाई समर्थनको वचन दिएका छन्।
२६ कात्तिकमा श्रेष्ठलाई फोन गरेरै खड्काले ‘उपसभापतिको दाबी छोडेँ, तपाईं सिनियर पनि हो । अब तपाईं नै उपसभापति बन्नुस् । मेरो शुभकामना छ ।’ भनेको स्रोत बताउँछ । खड्काबाट पनि समर्थन पाएपछि श्रेष्ठले आफू वरिष्ठ पनि भएको, उपसभापति चलाइसकेको भन्दै उपसभापति मनोनीत गर्न सभापति देउवालाई आग्रह गरेका छन् । तर, देउवाको उपसभापतिको पहिलो रोजाइ नेता विमलेन्द्र निधि हुन्। निधि सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारी रहेको भन्दै उनलाई महामन्त्री मनोनीत गर्न श्रेष्ठले सुझाब दिएका छन्।
उनको सुझाबमा देउवाले सकारात्मक जवाफ दिएको स्रोत बताउँछ । देउवाले महामन्त्रीका लागि रुचाए पनि विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई पार्टी प्रवक्ता बनाउने विकल्प छ । देउवालाई सकस मंसिरको दोस्रो सातासम्म उपसभापति, महामन्त्री र विभाग गठन टुंग्याउने गरी सभापति शेरबहादुर देउवाले छलफल थालेको उनीनिकट स्रोत बताउँछ।
देउवाको चाहना उपसभापतिमा निधि र महामन्त्रीमा कार्कीलाई ल्याउने छ। नेता गोपालमानलाई उपसभापति बनाउनुपर्ने नैतिक दबाब पनि देउवालाई छ। खड्काले दबाब दिँदा यसअघि सहमहामन्त्री भइसकेका पूर्णबहादुरलाई महामन्त्री बनाउनुपर्ने अवस्था पनि छ।
आजको नयाँ पत्रिकामा खबर छ ।















प्रतिक्रिया