३१ आश्विन २०८३, शनिबार

एनआरएन केन्द्रीय उपाध्यक्ष भट्टलाई बेल्जियममा स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

15134689_10209827086728144_2647958525950848557_n– बिष्णु सापकोटा

बेल्जियम । गैर आवसीय नेपाली संघ बेल्जियमको आयोजनामा बुधबार बेल्जियमको आन्त्रोपेन शहरमा अवस्थित नेशनल होटलको सभा हलमा स्वागत तथा रात्रि भोज कार्यक्रम संपन्न भएको छ ।

गोर्खा समाज बेलायतको निमन्त्रणामा बेलायत आएका उपाध्यक्ष भवन भट्ट यूरोपका बिभिन्न देश भ्रमण तथा भेटघाट कार्यक्रमसंगै गैर आवासीय नेपाली संघ बेल्जियमले आयोजना गरेको स्वागत तथा छलफल एवं रात्री भोज कार्यक्रम सहभागी भएका हुन् । उनले आफ्नो स्वागतमा भएको विशेष कार्यक्रमप्रति धन्यावाद दिएका थिए ।

15134816_10209827083888073_1519040513068446384_nउनले गैर आवासीय नेपाली संघले बिगतमा गरेका कार्य अन्तर्गत हाल भइरहेको गतिविधि र भावी कार्य नीतिबारे बताउँदै सबै क्षेत्रबाट आफ्नो सहयोग, सल्लाह, सुझावसंगै राष्ट्रिय समन्वय परिषदसंग हातेमालो गरी अगाडि बढेको बताए ।

आवासीय नेपाली संघ बेल्जियमले नेपालको भूकम्प प्रवाभित विद्यालय पुनर्निर्माण अन्तर्गत गर्न लागेको च्यारिटी कार्यक्रमको लागि यूरो पन्ध्र सय सहयोग समेत प्रदान गरेका थिए ।