३१ आश्विन २०८३, शनिबार

बिदेशी भूमिमा नेपाली चिकित्सकले पाए यति ठूलो सफलता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr-binod-shahटर्की, ३ मंसिर । सिरहा गोलबजारका डा विनोदकुमार साह टर्कीमा ‘वर्ष चिकित्सक’को रुपमा सम्मान पाएका छन् ।

बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा पुऱ्याएवापत डा.साहलाई सम्मान गरिएको हो ।

टर्कीका राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा त्यहाँका स्वास्थ्यमन्त्रीले प्रदान गर्ने उत्कृष्ट चिकित्सकको सम्मान सामाजिक क्षेत्रमा राष्ट्रले दिने विशिष्ट अवार्ड मानिन्छ ।

नेपाल सरकारको छात्रवृत्ति पाएर सन् २००० मा टर्कीको अन्कारामा एमबीबीएस अध्ययन गर्न गएका शाह अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत छन् ।

३८ वर्षीय डा साहले ७ कक्षासम्म गोलबजारकै जनता माध्यमिक विद्यालयमा पढेका थिए । विराटनगरको सेन्ट जोसेफ स्कुलबाट एसएसलसी पास गरेका थिए ।

डा.साहले अमृत साइन्स क्याम्पसबाट आइएसी पढाइ पूरा गरेर एमबीबीएस अध्ययनका लागि टर्की गएका थिए ।

आफ्नो अध्यन र अनुभवलाई नेपालमै उपयोग गर्ने योजना बनाएका डा साह नेपाल फर्केर कुनै ब्यापारिक वा व्यवसायिक काममा जोडिएरभन्दा सरकारले अघि बढाएको स्वास्थ्य सेवामा आवद्ध भएर सेवाकारी काम गर्ने योजना बनाएका छन् ।