१२ कार्तिक २०८३, बिहिबार

प्रतिबन्धित पाँच सय र एक हजार भारु नोटको यसरी हुन थाल्यो तस्करी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hand with Indian thousand rupee notes

काठमाडौं, ३ मंसिर । भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएपछि सीमाक्षेत्रमा पाँच सय रुपैयाँका नोट दुई सय पचासदेखि तीन सयसम्ममा बिक्री हुन थालेका छन् ।

महोत्तरीको भिठ्ठामोड नाकामा भारु सटही गर्नेहरुले पाँच सयको नोट लिएर त्यसको आधा रकम दिने गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

रकम नसाटिने डरले नेपालीहरुले आधा दाममा पनि भार साटिँदा राहत भएको स्थानीय ललन झाले बताए ।

उनले सात हजार भारु आधा दाममा साटेका थिए । सीमाक्षेत्रका सटही कारोबारीले भारतीय बैंकहरुमा लामो लाइन बसी रकम रकम खुद्रा गरी ल्याई त्यसलाई दोब्बर फइदा लिई बिक्री गर्ने गरेका छन् ।