१२ कार्तिक २०८३, बिहिबार

पूर्ण खड्का कांग्रेस महामन्त्री बन्ने पक्का

36.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purna-bhadur-khakda

काठमाडौं, १ मंसिर ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रभावकारी मानिएका नेता खुमबहादुर खड्काबीच प्रारम्भिक चरणको सहमति भएकोले अब कांग्रेस कार्यसमितिले छिट्टै पूर्णता पाउने सम्भावना देखिएको छ। प्राप्त समाचारअनुसार गत साता (कात्तिक २५ गते) सभापति देउवा र नेता खड्काबीच निर्णायक वार्ता भएको थियो। संवादका क्रममा पूर्वसहमति बमोजिम आफूलाई उपसभापति बनाउनुपर्ने धारणा खड्काले प्रकट गरेपछि देउवाले बाह्य दबाबका कारण तत्काल उपसभापति बनाउन अप्ठ्यारो परेको भनी स्पष्ट जवाफ दिएका थिए।

सभापति देउवाले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री विमलेन्द्र निधिलाई उपसभापति बनाउन व्यापक दबाब भएको र उक्त दबाब झेल्न सक्ने अवस्थामा आफू नरहेको स्पष्ट गर्दै निधिलाई नै उपसभापति बनाउनुपर्ने बाध्यता परेको संकेत दिएका थिए। ‘बरु तपाईको सिफारिसमा एकजना महामन्त्री बनाउँछु र तपाईसहित तपाईले चाहेको अर्का एक व्यक्तिलाई पनि संसदीय बोर्डमा चयन गर्छु’ भनी देउवाले प्रस्ताव गरेका थिए।

त्यसबाहेक खड्काको सिफारिसमा तत्काल तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिने र सङ्ख्या बढाएपछि अन्य तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने प्रस्ताव पनि सभापति देउवाले राखेका थिए। देउवाले उपसभापतिको सङ्ख्या थप गर्न सकेको अवस्थामा भने आफू ‘तपाई (खड्का) लाई नै उक्त पदमा चयन गर्न तयार भएको’ भनी प्रतिबद्धता जनाएको समाचार सुत्रको भनाई छ। सभापति देउवाले आफूामाथि आइपरेको दबाब र आफ्ना अप्ठ्याराहरु खुलस्त ढङ्गले राखिसकेपछि खड्काले उनिसंग विवाद गर्न नचाहेको र देउवाको प्रस्तावमा सहमति जनाएको बुझिएको छ। कांग्रेस सम्बद्ध सुत्रले जनाएअनुसार खुमबहादुर खड्काले लोकप्रिय नेता पूर्ण बहादुर खड्काको नाम महामन्त्रीमा प्रस्ताव गरेको र पूर्णको नाममा देउवाले सहमति जनाइसकेका छन्। आजको घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।