१२ कार्तिक २०८३, बिहिबार

राप्रपा र राप्रपा नेपालवीच एकीकरण हुनुको यस्तो छ भित्री रहस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupati-kamal-thapaकाठमाडौं, १ मंसिर । राप्रपासँगको सहकार्यमा एकीकरणपछि सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णयका कारण प्रमुख प्रतिपक्षमा एमाले एक्लिदैछ ।

संसदको चौथो ठूलो शक्ति राप्रपा नेपाल सत्तामा जान सहमत भएपछि राप्रपासँगको एकीकरण पनि तय भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

राप्रपा नेपाल र राप्रपा एकीकरण गरी सरकारमा दुई मन्त्री थप पठाउने विषयमा नेताहरूबीच गोप्य सहमति भएको स्रोतले बताएको छ ।

यो सहमतिपछि मंगलबार दुई पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गरी मंसिर ६ गते पार्टी एकता घोषणाको मिति सार्वजनिक गरेका हुन् ।

हाल राप्रपाबाट दुई मन्त्री सरकारमा सहभागी छन् । केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी राप्रपा नेपाल अहिले प्रतिपक्षमा छ ।