
काठमाडौं, ३० कात्तिक । कैलाली प्रहरीले पासपोर्ट र भिषा नभएका ४१ तिब्बती नागरिकलाई भारत प्रबेश गर्न लाग्दा सीमानाकाबाट पक्राउ गरेको छ ।
काठमाडौंबाट बढिमालिका ट्राभल्सको बस रिजर्भ गरी ४ दिन लगाएर उनीहरु कैलालीको गौरिफान्टा पुगेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
कैलालीबाट भारत प्रबेश गर्न लागेका उनीहरुलाई धनगढीको अध्यागमन कार्यालयले सोमबार नियन्त्रणमा लिएको हो ।
गैरकानूनी रुपमा नेपाल हुँदै भारत जान लागेको उनीहरुलाई पक्राउ गरेपछि नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसीआर)ले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई भारत प्रबेश दिन दवाव दिएको गृह स्रोतले जनाएको छ ।
ती तिब्बती नागरिकहरु प्रहरी प्रशासनलाई छल्दै चारदिन लगाएर कैलाली पुगेका थिए ।














प्रतिक्रिया