chinaकाठमाडौं, ३० कात्तिक । चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाबारे नेपाल सरकारको ठोस धारणा बुझ्न चीनको एक सरकारी प्रतिनिधीमण्डल नेपाल भ्रमणमा आएको छ ।
चीनले आफू र एसिया, युरोप र अफ्रिकाबीच सडकपूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक प्रगति हासिल गर्ने मुख्य लक्ष्य सहित अघि बढाएको उक्त अवधारणाबारे नेपाल सरकारको धारणा मागेको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा अघि सारेको यस अवधारणा अर्न्तगत ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘एक्काइसौँ सताब्दिको सामुद्रिक सिल्क रोड’ गरी दुई भाग छन् ।
नेपालले सिल्क रोड इकोनोमिक बेल्टमा सहभागिता जनाउन सहमति जनाइसकेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
नेपालले चीनको सिल्क रोड अवधारणामा सहभागि हुनका लागि दुई बर्ष यस संबन्धमा चीनसंग एक सझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।
पूर्व प्रधानमन्त्री केपी ओलीको कार्यकालमा चीनको यस अवधारणामा सक्रिय सहभागि हुने प्रतिबद्दता नेपाल सरकारले जनाएको थियो ।
तर वर्तमान सरकार यस अवधारणा प्रति सकारात्मक नदेखिएको जानकार कुटनीतिक स्रोत बताउँछ ।
यस अवधारणाप्रति नेपालले स्पस्ट जवाफ दिन नसकेकै कारण चिनियाँ राष्ट्रपति सि जिन पिङ्को गत असोज अन्तिम हप्ताका लागि हुने भनिएको नेपाल भ्रमण रद्द भएको स्रोतको भनाई छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधीमण्डलले वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग भेटवार्ता गरी चिनियाँ राष्ट्रपति सि जिन पिङ्को अग्रसरतामा शुरु भएको उक्त अवधारणाबाट नेपाल लगायत यस क्षेत्रका सबै मुलुकले लाभ लिनसक्ने बताएको थियो ।














प्रतिक्रिया