३१ आश्विन २०८३, शनिबार

बेल्जियममा पनि मनाइयो महाकवि देवकोटाको १०८ औं जन्मजयन्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beljium

ब्रसेल्स । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ जन्मजयन्ती मनाएको छ । राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नोभेम्वर १२ तारिख शनिवार नेपाल ब्रसेल्स मिलन केन्द्रसंगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका राजदूत लोकबहादुर थापाले दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्वघाटन गर्नु भएको थियो । राजदूत थापाले महान कविको सम्झना गर्दै नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नेपाली अभिभावकका बालबालिकाले नेपाली भाषा अध्यायन गरिरहेकोमा खुशी व्यक्त गर्नु भयो । उहाले नेपाली भाषाले एक अर्को पिढीलाई जोड्ने बताउदै भन्नु भयो ‘भाषा सिकाएनौ भने दोश्रो पिढीलाई जोड्न सक्दैनौ बाबुआमा र छोराछोरी बिचको दुरी ठूलो हुन्छ ।‘ भाषाको माध्यमबाट नेपाल संगको सम्वन्ध कायम राखी राख्न मद्वत पुग्ने उल्लेख गर्दै उहाले भन्नु भयो ‘भाषा जोगाउन सकिएन भने नेपालले उनीहरुलाइ नबुझ्ने र उनीहरुले नेपाल नबुझ्ने हुन्छ ।‘ राजदूत थापाले नेपाल र नेपालको हितको लागि प्रवासमा नेपाली समुदाय संग मिलेर काम गर्न चाहेको समेत बताउनु भयो ।

कार्यक्रममा पाठशालामा अध्ययनरत नेपाली बालबालिकाले शिक्षिका शुशिला रोका, मंजु भुषाल र एडिना केसी संगै राष्ट्रिय गान गएर सुनाएका थिए । भाषा स्कुलका विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा एनआरएनए सचिव अर्जुनकुमार श्रेष्ठ, मिलन केन्द्रका अध्यक्ष अमन गुरुंग र अनेसास बेल्जियमका पूर्व अध्यक्ष विमल गिरीले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष दीपकज्योति पौडेलले अनेसास बेल्जियमका गतिविधिबारे जानकारी गराउदै महाकविको योगदानको चर्चा गर्नु भएको थियो । समाजका सदस्य हरि श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा विमल गिरी, अर्जुनकुमार श्रेष्ठ, किरण अधिकारी, मोहन खत्री, दीपक भण्डारी, डिल्ली अम्माई, युवराज गुरुङ, सिर्जना कार्की, रामबाबु नेपाल र दीपकज्योति पौडेलले देवकोटाको सम्मान र सम्झनामा कविता र मुक्तक सुनाउनु भएको थियो भने नेपालबाट युरोप भ्रमणको क्रममा आउनु भएकि गायिका रेजिना रिमालले गीत प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा कवि विमल गिरीले आफ्ना कृति राजदूत थापालाई उपहार स्वरूप प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली ब्यावसायी संघ बेल्जियमका अध्यक्ष चेतप्रसाद भट्ट, जनप्रगतिशिल मंचका अध्यक्ष चित्र सुबेदी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिका साथै नेपालबाट युरोप भ्रमणको क्रममा बेल्जियम आउनुभएका दीपक लिम्बु सहितको कलाकार टोलीको समेत सहभागिता रहेको थियो ।