२८ आश्विन २०८३, बुधबार

‘प्रचण्डको काम चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्नु र भारतलाई खुशी बनाउनु हो भन्ने प्रमाणित भैसक्यो’

14.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्राध्यापक डा. सुरेन्द्र केसीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्ने र भारतलाई खुसी बनाउने काम गरेको दाबी गरेका छन् ।

माउन्टेन टेलिभिजनमा आजको सन्दर्भ कार्यक्रममा बोल्दै केसीले वर्तमान सरकार भारतसँग लम्पसार परेको बताए । ‘प्रधानमन्त्री प्रचण्डको काम चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्नु र भारतलाई खुशी बनाउनु हो भन्ने प्रमाणित भैसक्यो । अब के हेर्न बाँकी छ ?’ उनले प्रश्न गर्दै भने ।

टनकपुर सन्धि गरेकै छैन भनेर झुट बोल्ने गिरिजाप्रसाद कोइराला पनि कांग्रेसी नै हुन् भन्दै उनले तिब्बती पृथकतावादी नेता लोब्साङ साङ्गेसँग आफूले नभेटेको दावी गर्ने शेरबहादुर देउवा पनि कांग्रेसी नै हुन्’ भने ।

मैले बोलेको कुराहरु मध्ये १ मात्रै झुट प्रमाणित गर्दिनुस जीवनमा कुनै अन्तर्वार्ता दिन्न भन्दै कड्किएका केसीले अहिले नेपालको राजनीतिलाई भारतले नियन्त्रणमा लिइसकेको बताए ।

हेर्नुस् भिडियोः