वाशिंगटन डिसी । नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु सहितको नेपाली राइनोज क्रिकेट टोलीले अमेरिकाको टेक्सास राज्यको ह्युसटन स्पार्क टोलिलाई अन्तिम खेलमा पराजित गरेको छ ।
नेपाली राइनोज क्रिकेट टोलीले सम्पूर्ण खेल अपराजित हुँदै ५४ रनको फराकिलो अन्तरले प्रथमस्थान हासिल गर्दै ६० हजार २ सय ५० डलर प्राप्त गरेको छ ।
नेपाली राइनोज क्रिकेट टोली नेता पारस खड्काले बिजयी भएकोमा हर्ष व्यक्त गर्दै नेपाली क्रिकेट टोली सहि मार्गमा भएको बताए ।
क्रिकेटलाई नेपालीले मन पराउने भन्दै सबै खेलाडीले ज्यादै मेहनत गरेकोले यो फल प्राप्ति गरेको बताए ।
आयोजक, नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो ।
क्रिकेट खेलमा उत्कृष्ट खेलाडी शन फिन्ले घोषित भएका छन् भने उत्कृष्ट बलर असन अलि घोषित भएका छन् ।
















प्रतिक्रिया