१२ कार्तिक २०८३, बिहिबार

आइजीपी अर्याललाई हटाउन खोजिएकोमा एमालेको चासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendrakant-aryalकाठमाडौं, २९ कात्तिक । एमाले सांसद यज्ञराज सुनुवारले नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई हटाउन खोजिएको समाचार सार्वजनिक भएकाले यसको जवाफ दिन गृहमन्त्री विमलेन्द्र निधीलाई आग्रह गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा एमाले सांसद सुनुवारले सञ्चार माध्यममा आएको समाचारबारे प्रष्ट पार्न गृहमन्त्रीलाई आग्रह गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

निर्वाचन गर्नुपर्ने बेलामा प्रमुख सुरक्षा निकायका प्रमुखलाई बिनाकारण हटाउँदा नराम्रो सन्देश जाने सुनुवारले बताए ।