काठमाडौं, २९ कात्तिक । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई हटाएर नयाँ प्रहरी महानिरीक्षक बनाउने खेलमा केही एआईजी लागेका छन् ।
प्रहरी महानिरीक्षक अर्याल इन्टरपोलको महासभामा भाग लिन इन्डोनेसियाको बाली गएको बेला केही एआईजीले अर्याल फ्याक्ने खेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर कुराकानी गरेको परहरी उच्च स्रोतले बतायो । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकहरू केदारप्रसाद साउद, सुरेन्द्रबहादुर शाह, राजेन्द्रसिंह भण्डारीहरूले आफ्नो दौडधुप तिब्र बनाएपछि सरकारले आईजीपी हटाउन सकिन्छ कि भन्ने खेलमा लागेको स्रोतले जानकारी दियो ।
नेपाली कांग्रेसका नेता एनपी साउदका दाजु साउदले सबै एआजीहरूलाई बोकेर विभिन्न शक्तिकेन्द्र धाएका थिए ।
नेपाल प्रहरीको वर्तमान संरचना संघीय ढाँचामा लैजाने भएपछि मन्त्रिपरिषदमा विचाराधिन रहेको प्रहरी नियमावलीलाई पारित गराएर प्रहरी महानिरीक्षकको पदावधी ४ वर्षबाट घटाएर तीन वर्ष बनाउने र सोही आधार बनाएर आईजीपी अर्याललाई हटाउने तयारीमा ती एआईजीहरूले खेल खेलेको स्रोतले जानकारी दियो ।














प्रतिक्रिया