उर्लाबारी, २८ कात्तिक । सामाजिक कार्यमा उत्प्रेरित उर्लाबारी–४ स्कुलडाँडा युवाहरुको सक्रियतामा जेब्रा क्रसिङ बनाइएको छ ।
पूर्वपश्चिम राजमार्ग उर्लाबारी सडकखण्ड अन्तरगत स्कूलडाँडामा जेब्रा कर्सिङ बनाइएको हो । पूर्वपश्चिमजस्तो व्यस्त राजमार्गमा पैदलयात्रीलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यले जेब्रा कर्सिङ बनाइएको स्कूलडाँडा युवा समूहका संयोजक नित्तम कार्कीले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरी पोष्ट उर्लाबारीको प्राविधिक सहयोगमा नित्तम कार्की, जिसन कार्की, अरुण श्रेष्ठ, उत्तम दाहाल, शम्भु तामाङ, इन्द्र खड्का, राजु दाहाल, अमिर गुरुङको सक्रिय सहभागिता जेब्रा कर्सिङ रहेको थियो ।
जेब्रा कर्सिङपछि उत्साहित हुँदै उक्त समूहमा आवद्ध युवाहरुले आगामी दिनमा पनि स्कुलडाँडामा रचनात्मक कार्यक्रम गर्ने योजना रहेको जिसन कार्कीले बताउनुभयो ।












प्रतिक्रिया