काठमाडौं, २८ कात्तिक । भारतका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल दलबीर सिंह तीन दिने औपचारिक भ्रमण सम्पन्न आइतबार स्वदेश फिर्ता भएका छन् । सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाई गरेका थिए ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सिंहले भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री तथा नेपाली सेनाका प्रधान सेनापतिसँग छुट्टाटुट्टै भेटवार्ता गरेका थिए ।
साथै उनले नेपाली सेना र भारतीय सेना बीच रुपन्देही जिल्लाको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास “सूर्य किरण” को निरीक्षण भ्रमण समेत गरेका थिए ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको नेपाल भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।
जनरल सिंह प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए ।













प्रतिक्रिया