१९ कार्तिक २०८३, बिहिबार

कश्यप तपोवनमा योग शिविर सम्पन्न

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kaskikot-yuga-pic

पोखरा, २८ कात्तिक । कश्यप ऋषीले तपस्या गरेको कश्यप तपोवनमा एक दिने वृहत योग शिविर सम्पन्न भएको छ ।

स्वास्थ्यका लागी योग पर्यटन प्रर्वदनका लागी कास्कीकोट भन्ने नारा का साथ शिविर संचालन गरेको आयोजक हाम्रो कास्कीकोट युवा संजालका संयोजक चन्दे्रश्वर वस्ताकोटीले वताउनु भयो । सहितसमुन्द्री सतह देखी अठार सय मिटर उचाईमा रहेको कश्यप धाममा पोखरा स्याङजा लगाएत ठाउँहरुवाट योग गर्नेहरुको सहभागीता रहेको योग शिविर संयोजक वालाहरी शार्मा सुवेदीले वताउनु भयो । योग शिवीरमा योग गुरुहरु प्रदिप कुमार श्रेष्ठ, विश्व मनी तिवारी र मित्रलाल सुवेदी लगाएतले प्रशिक्षण दिनु भएको थियो ।

योग गर्नाले हुने शारीरीक फाइदाहरुका वारेमा समेत जानकारी गराइएको थियो । कश्यप ऋषीले तपस्या गरेकाले पुराना कास्की हुदै अहिले कास्की जिल्लाको नामाकरण रहेको जन विश्वास रही आएको छ । योग शिविरमा सहभागीहरुलाई स्थानीयहरुले पञ्चेवाजाले स्वागत गरेका थिए ।

विहानको सुर्यउदय सगै देखिएको अन्नपुर्ण हिम श्रृङखलाको दृश्यले योग प्रशिक्षक तथा प्रशिक्षार्थीहरु निकै खुसी देखिन्थे । करीव तिनसय जना उपस्थीत रहेको कार्यक्रमको संचालन हाम्रो कास्कीकोट युवा संजालका सह संयोजक गौरव त्रिपाठीले गर्नु भएको थियो ।