१९ कार्तिक २०८३, बिहिबार

वियोगान्त पत्र लेखी नारायणी नदीमा हामफाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayani-river

चितवन, २८ कात्तिक । श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवक गए राति नारायणी नदीमा हामफालेका छन् ।

वडा प्रहरी कार्यालय नारायणीका अनुसार नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बू नदीमा हामफालेका हुन् ।

प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको छ ।

उनीहरुको २०६० साल फागुन २५ गते विवाह भएको प्रमाणपत्रमा उल्लेख छ । आज बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले नदीमा उनको खोजीलाई तीव्रता दिएको छ । रासस