१ कार्तिक २०८३, शनिबार

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको सम्मेलन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14915443_1805963326332758_3138560394515774196_nजापान । र्ल्ड नेवा: अर्गनाईजेशन जापानको पहिलो जापान सम्मेलन एक लाख रुपियाँको “मचा सिरपा घोषणा “(बाल पुरस्कार )गर्दै सम्पन्न भएको छ ।
नेपाल संवत ११३७ न्हुँ दँ को उपलक्षमा नागानोकेनको तातेसिना रिजोर्ट होटेलमा दुई दिन सम्म चलेको बिभिन्न कार्यक्रमहरु मध्य दोस्रो दिन नोवेम्वर ६ तारेखका दिन भएको जापान सम्मेलनले सात बुँदे घोषणा पत्र जारी गरेको छ ।
हाम्रो भाषा संस्कृति भनेको नै नेपालको गर गहना भएको हुनाले त्यसलाई उत्थान र प्रबर्द्वन गर्नु सबै नेपालीहरुको दायित्व भएको कुरामा जोड दिंदै उक्त सम्मेलनको समापन गरिएको थियो ।
उक्त सम्मेलनमा एन आर एन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग ,सिटी एक्सप्रेस एण्ड ट्राभलका प्रबन्धक महेश श्रेष्ठ ,नेपाल भाषा प्रस्ट बोल्ने जापानिज ब्यांचा दाई ,रामेछाप जापान समाजका प्रमुख सल्लाहकार तोचिगी केन बाट सुरेन्द्र लाल श्रेष्ठ,ओकिनावा प्रतिनिधि नारायण जोशीले आ-आफ्ना धारणाहरु राखेका थिए ।
त्यस्तै कास्की पोखरा समाजका वरिष्ठ सल्लाहकार प्रकाश लाल श्रेष्ठ ,रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठ ,पर्वत समाज जापानका अध्यक्ष ईस्वर जोशी, नेवा:जागरण जापानका अध्यक्ष जनक राज शाक्य, नेवा:गुठी जापानका संस्थापक अध्यक्ष सकुल प्रजापति, वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका सल्लाहकार अनिल कुमार शाक्य, संस्थाकी सह संयोजक इन्दिरा सुजुकी राजभण्डारी, एन आर एन जापानकी सदस्य सबिता श्रेष्ठज्युले नेपाल सम्बत ११३७ को उपलक्षमा सम्पूर्ण नेपालीहरुको उत्तरोत्तर प्रगतिको भिन्तुना तथा शुभकामना दिनु भएको थियो ।
उक्त सम्मेलनमा कानाज़वाबाट रोहित सिल्पाकार र समृति बज्राचार्य ,फुकुशिमाबाट सरस्वति मानन्धर र मिनोरु ताकागी ,तोचिगी बाट सुरेन्द्र लाल श्रेष्ठ ,ओकिनावाबाट नारायण जोशी र उहाँको परिवार ,नागानो केन बाट सुमेश शाक्य र अरु साथीहरु टोक्योको बिभिन्न ठाउँहरुबाट सहभागि भएका थिए ।