१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा पुनर्संरचना कार्यान्वयन नगर्न माओवादीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pachthar– कष्ण ओझा

पाँचथर, २७ कात्तिक । पाँचथरमा नेत्रविक्रमचन्द ‘विप्लब’ नेतृत्वको नेकपा (माओवादी) पाँचथरले स्थानीयतह पुनर्संरचना कार्यान्वयन नगर्न तथा पुनर्संरचनाको भ्रममा नपर्न आग्रह गरेको छ ।

माओवादी सचिवअर्जुन आचार्य ‘सौगात’ले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीयतहलाई अधिकार सम्पन्न बनाउने नाममा जटिलता पैदा गरिएको र सर्वसाधारणलाई चर्को मालपोत तिर्नुपर्ने, कमजोर आर्थिक अवस्थाका सर्वसाधारणले बसाई हिँड्नुपर्ने र गाँउ वस्तीउजार बनाउने कामगर्न लागिएको आरोप लगाएका छन् । माओवादीले पुनर्संरचनाकार्यान्वयन हुनै नसक्ने भन्दै भ्रममानपर्न आग्रह गरेको छ ।

यसै वीचमाओवादीले आ–आफ्नो गाविस जानगाविस सचिवहरुलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ “रातो घरबाट सेतो घरको कालो कोठामा सरेका गाविस सचिवहरुलाई आ–आफ्नो गाविसमा गएर जनतालाई सुविधादिन अनुरोध गरिन्छ ।” यस्तै माओवादीले जनताको खाद्यअधिकारका निम्ति दबावसिर्जना गर्न आइतवार बन्दको समेत आह्वान गरेको छ ।

यसैबीच उक्त पार्टीले सांगठनिक हेरफेर गरेको छ । जिल्ला कमिटीको छैठौँ बैठकले पार्टीको क्षेत्र नं. १ को क्षेत्रीय सचिवमा वीरेन्द्र मंग्राती र क्षेत्र नं. २ को क्षेत्रीय सचिवमा शेरबहादुर नेम्वाङलाई चयन गरेको छ । यस्तै जिल्ला जनपरिषद प्रमुखमा विजय नेम्वाङ, केन्द्रीय जनप्रतिनिधि सभा सदस्यमा पेम्बा शेर्पा र संगठन विभागको प्रमुखमा गजेन्द्र काफ्लेलाई नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।