काठमाडौँ, २७ कात्तिक । भारतका स्थल सेनाध्यक्ष दलवीर सिंहले रुपन्देहीको सालझन्डीमा सञ्चालन भइरहेको संयुक्त अभ्यास “सूर्य किरण” को आज निरीक्षण भ्रमण गर्नुभएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष सिंहले नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त अभ्यासको निरीक्षण गर्नुभएको हो ।
उहाँ नेपाली सेनाका मानार्थ महारथी हुनुहुन्छ । रुपन्देहीको सालझन्डीमा सूर्य किरण अभ्यासको दसौं संस्करण सञ्चालन रहेको छ ।















प्रतिक्रिया