१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री र भारतीय सेनापतिवीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-indian-armyकाठमाडौं, २७ कात्तिक । भारतीय सेनाका सेनापति दलबीर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ ।

शनिबार दिउँसो प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भारतीय सेनापतिलाई स्वगत गर्दै आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति महामहिम प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताउनुभयो ।

प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माणसहित आर्थिक समृद्धिको यात्रामा अघि बढेको जानकारी दिनुभयो ।

भेटमा सेनापति सिंहले भारतीय सेनाबाट सेवानिवृत्त नेपालीहरुको पेन्सन लिने व्यवस्थालाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालयको स्थापना गर्न लागेको जानकारी गराउँदै नेपाल र भारतीय बीचको सदियौं पुरानो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।