– टेकराज भण्डारी
अछाम, २७ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिलेको आवश्यक्ता संविधान कार्यान्वयन भएकोले अन्य बखेडा झिकेर देशलाई असफल बनाउने बाटोमा धकेल्ने कार्य नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
संविधान संशोधनमा एमालेसंग सहमती भैसकेको भन्ने प्रधानमन्त्रीले गरेको हल्ला निराधार भएको भन्दै अंगीकृत नागरिकलाई राज्यका प्रमुख पदमा ल्याउने, जनतालाई भड्काउन सीमाना हेरफेर गर्ने, संविधान कार्यान्वयनको कार्यतालिका नल्याउने कार्य राष्ट्रलाई अधोगतितर्फ धकेल्ने षडयन्त्र भएको बताउनु भयो ।
प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको आयोजनामा अछाम सदरमुकाम मंगलसैनमा गरिएको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष रावलले एमाले सरकारमा रहँदा संविधान कार्यान्वयनको कार्यतालिका, निर्वाचनको कार्यतालिका ल्याएको तर अहिलेको सरकारले यसमा केही कामै नगरेको भन्दै नेपाली कांग्रेस अहिले स्थानीय तहको चुनाव गराउनुपर्ने बिरोधावास कुरा गरिरहेकोले देशमा रिक्तता सिर्जना गर्ने कार्यमा लागेको आशंक व्यक्त गर्नुभयो ।
प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ववर्ती सरकारका उपप्रधान तथा रक्षामन्त्री समेत रहनु भएका नेता रावलले आफु सरकारमा रहँदा सन्तुलित सम्बन्ध बनाउछु, भुकम्प पीडितका लागि सबै काम गर्ने, महंगी नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने भन्दै अविश्वासको प्रस्ताव ल्याउने अहिलेको सरकारले देशकै शिर झुकाउने कार्य गरेको आरोप लगाउनुभयो ।
सरकारका एक सय दिन पूर्ण रुपमा असफल भएको भन्दै उहाँले समस्या बल्झिदै गएका र देशलाई निकास नदिएको बताउनुभयो ।
नेपाली कांग्रेसका सभापतिले नेपालले पहिलेदेखि नै अवलम्बन गर्दै आएको एक चीन नीतिबिरुद्ध काम गरेको र यसले देशलाई नै अप्ठेरो पार्ने काम गरेको बताउनुभयो ।
एमाले प्रदेश नम्बर ७ को अगुवा कार्यकर्ता भेलापछि पार्टी कामको शिलशिलामा अछाम आउनु भएका एमाले नेता रावलले आजै एमाले जिल्ला कमिटिको बैठकलाई पनि सम्बोधन गर्नुभएको छ ।













प्रतिक्रिया