३ कार्तिक २०८३, मंगलबार

पर्यटन आगमनमा उल्लेख्य बृद्धि

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tourist

– प्रकाश न्यौपाने

भैरहवा, २७ कात्तिक । २०७२ बैशाख १२ र २९ गते गएको बिनासकारी महाभूकम्प र त्यस लगत्तैको लामो तराई मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण खस्कँदै गएको पर्यटन आगमनमा पछिल्लो समय बृद्धि हुँदै गएको छ ।

रुपन्देहीको बेलहिया–सुनौली नाकाबाट स्थलमार्ग हँुदै नेपाल भित्रने पर्यटकको संख्या पछिल्लो तीन महिनामा बढ्दै गएको छ । सन् २०१६ को अगष्ट, सेप्टेम्बर र अक्टुबरमा महिनामा यो नाकाबाट नेपाल भित्रने पर्यटक संख्या सन् २०१५ को भन्दा निकै बढेको छ । चिनियाँ पर्यटकलाई जनवरीदेखि नेपाल सरकारले फ्रिभिसा सुविधा दिनु तथा भूकम्प पछि नेपाल भ्रमणमा लगाइएको अघोषित प्रतिबन्धलाई फुकुवा गर्नु, गतसाल बन्द हड्ताल र नाकाबन्दीका कारण आउन नपाएका पर्यटक यतिबेला आउनु जस्ता मुख्य कारण रहेको अध्यागमन कार्यालय बेलहियाका प्रमुख वरिष्ठ अध्यागमन अधिकृत आनन्द पौडेलले बताए ।

यो बाहेक गतसाल मसिंरको अन्तिम सातातिर लुम्बिनीमा गरिएको १० दिने मलायम पुजा पनि एउटा कारण रहेको अनुमान अध्यागमन कार्यालयको छ । भूकम्प पछि अमेरिका र बेलायत सरकारले नेपालमा घुमेर जोखिम नमोल्न आफ्ना देशका नागरिकलाई अपिल गरेका थिए । उक्त अपिल दुवै सरकारले फिर्ता गर्दै नेपाल घुम्न जोखिम नरहेको प्रस्ट्याई सकेका छन् । भूकम्प पछि नेपाल घुम्न जोखिम रहेको भन्दै जोखिम नमोल्न अमेरिकाले आफ्ना नागरिकलाई गरेको आग्रह गत मार्चको सुरुमा र बेलायत सरकारले १३ मार्चबाट त्यस्तो जोखिम हटेको सन्देश दिएका थिए । यो नाका हुँदै भित्रने पर्यटकहरु अमेरिका, बेलायत जस्ता युरोपियन मुलुकका कम हुने भए पनि ति देशहरुले नेपाल घुम्न जोखिम नरहेको निर्णय गर्दा अरु मुलुकहरुमा सकारात्मक सन्देश गएको र त्यसले गर्दा पर्यटक आगमन बृद्धि भएको हुनसक्ने प्रमुख पौडेलले बताए ।
‘गत वर्ष तराई मधेशमा आन्दोलन चर्किएको थियो, भारतीय नाकाबन्दी थियो, युरोपिएन देशहरुले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण नगर्न आग्रह गरेका थिए । त्यसैले पर्यटन आगमनमा कमी आएको थियो, पौडेलले भने– यो वर्ष गतिरोध पनि हटेको छ, नेपाली पर्यटन क्षेत्रको विकास र विस्तारले पनि तीव्रता पाइरहेको छ, युरोपिएन देशहरुले पनि नेपाल भ्रमणलाई खुल्ला गरिसकेका छन्, त्यसैले पनि पर्यटन आगमनमा बृद्धि भएको हो ।’

अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार भारत लगायत तेस्रो मुलुकबाट यो नाका भएर भित्रिने पर्यटकहरुको संख्या २०१५ को अगष्ट, सेप्टेम्बर र अक्टुबरमा २७ हजार ५ सय ६१ रहेकोमा सन् २०१६ को तीन महिनामा भने यो संख्या बढेर ४४ हजार ८ सय १७ पुगेको छ ।
सन् २०१५ को अगष्टमा बेलहिया नाका भएर १२ हजार ७ सय ३२ जना पर्यटक नेपाल भित्रिएका थिए भने २०१६ को अगष्टमा १८ हजार ७ सय ६९ जना पर्यटक नेपाल आएका छन् । त्यस्तै गतसाल सेप्टेम्बरमा ५ हजार ६ सय ५३ जना पर्यटक नेपाल भित्रिए भने यो सेप्टेम्बरमा १० हजार ७ जना पर्यटक नेपाल आए । गन अक्टुबरमा ९ हजार एक सय ७६ जना पर्यटक नेपाल आए भने यो अक्टुबरमा १६ हजार ४१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

यो नाका हुँदै खासगरी भारतीय, चिनियाँसहित श्रीलंका, थाइल्याण्ड, म्यानमार र भियतनामका पर्यटक बढी आउने गर्दछन् । उनीहरुको मुख्य गन्तब्य भनेको गौतमबुद्ध जन्मस्थल लुम्बिनी र तिलौराकोट हो ।