एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जालले नेपालको गोरखाकी कुशुम श्रेष्ठलाई ‘तरकारीवाली’ संसारभर चिनायो । तरकारी बोकेर बजार जानेक्रममा झोलुंगे पुलमा खिचेको फोटोमा उनको परिश्रम झल्किएको थियो । उनको यही परिश्रमले तस्वीर भाइरल भयो ।
फोटोबाट चर्चित कुशुम श्रेष्ठ अहिले मोडलिंग गरिरहेकी छन् । यसैक्रममा एउटा अर्काे फोटो अहिले भाइरल भइरहेको छ । चीनकी भनिएकी यी केटीलाई ‘खुर्सानीवाली’ भनेर प्रचार गरिँदैछ । उनको सुन्दरतालाई अधिकांशले मन पराएका छन् ।
पाकिस्तानको एक गाउँमा चिया बेच्ने अरशद अलि खानलाई यसै गरी सामाजिक सञ्जालले भाइरल बनाउँदा उनलाई मोडलिङमा र टिभी कार्यक्रममा काम गर्ने अवसर पाएको बताइएको छ ।
नेपालकी ‘तरकारीवाली’ भनिएकी कुसुम श्रेष्ठले मोडलिङको अवसर पाइसकेकी छन् भने फिल्म खेल्ने निम्तो पनि पाएको समाचार आएका छन् । चीनकी यी ‘खोर्सानीवाली’ ले त्यहाँ कस्तो रेस्पोन्स पाउँछिन् भन्ने कुरा हेर्न केही दिन पर्खनै पर्ने भएको छ ।
















प्रतिक्रिया