काठमाडौ, १९ भदौ । कांग्रेसको विद्यार्थी संगठन नेविसंघको आसन्न ११ औं अधिवेशन नजिकिदै गर्दा नेतृत्वका लागि होडबाजी सुरु भएको छ । अध्यक्षका लागि आधा दर्जनले उम्मेदवार घोषणा गरी प्रचारप्रसार थालेका छन् ।
संस्थापन पक्षबाट मनोजमणि आचार्य, छितिज भण्डारी, भिम श्रीष, कुन्दन काफ्ले, पदमराज पन्त, दिपक भट्टराइले अध्यक्षमा उम्मेदवारी घोषणा गरीसकेका छन् । देउवा पक्षबाट नैनसिंह महर, जितजङ्ग बस्नेत देखि खुमबहादुर खडा निकट रहेका गणेश विष्ट सम्मले अध्यक्षको उम्मेदवार घोषणा गरेका छन् ।
उम्मेदवार घोषण गर्नेहरुले अध्यक्षका लागि आफूहरु बलियो उम्मेदवार रहेको आ-आफ्नै दावी गर्दै आएका छन् । नेविसंघको यो अधिवेशनले एक वर्ष पछि हुने पार्टी महाधिवेशनलाई समेत प्रभावित पार्ने भएकाले नेताहरु आफ्नो पक्षका उम्मेदवारलाई जिताउन लागेका छन ।
संस्थापन र देउवा पक्ष बीचको भिडन्त मात्रै नभई आफ्नै समूहभित्र पनि किचलो मिलाउन नेताहरुलाई हम्मे परेको छ । उम्मेदवारका आकांक्षी धेरै भएकाले सवैभन्दा बढी समस्या संस्थापन पक्षलाई परेको छ ।
नेविसंघको अधिवेशन भदौ २९ देखि ३१ सम्म राजधानीमा हुँदैछ । अधिवेशनमा देश भरिबाट २२ सय प्रतिनिधि सहभागि हुँने प्रचारप्रसार संयोजक मोतीलाल भण्डारीले बताए ।
यसअघि सात पटक सम्म मिति तोकेर पनि अधिवेशन स्थगित हुँदै आएको थियो । यसपटक जिल्लाका अधिकांश विवाद मिलेर अधिवेशन सम्पन्न भईसकेकाले केन्द्रीय अधिवेशनमा हुनेमा विद्यार्थी नेताहरु ढुक्क छन् । त्रिभुवन विश्वविद्यालय किर्तिपुर, पिके क्याम्पस, सरस्वती क्याम्पस, अमृत साईन्स क्याम्पसमा विवाद देखिएको छ । विवाद मिलाउन पार्टीले छुट्टै समिति गठन गरेको छ ।
नयाा संशोधित विधान अनुसार अधिवेशनले एक अध्यक्ष, पााच उपाध्यक्ष, दुई महामन्त्री, पााच सहमहामन्त्री र एक कोषाध्यक्ष सहित १०१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।
जसमा समावेशी र आरक्षण सहित ७५ प्रतिशत निर्वाचित र २५ प्रतिशत मनोनितबाट चयन हुनेछन । महाधिवेशनको सम्पुर्ण खर्च व्यवस्थापन पार्टी महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको निर्देशन समितिले व्यवस्थापन गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
नेविसंघका अध्यक्ष रंजित कर्णले उम्मेदवारको सक्रियताले महाधिवेशनको माहोल तातिएको बताए । ‘केही बाँकी जिल्लाको अधिवेशन पनि यसैसाता सम्पन्न हुने भएकाले केन्द्रीय महाधिवेशन हुने निश्चित छ’ उनले भने । प्रचारप्रसार संयोजक भण्डारीका अनुसार निर्वाचन विद्युतीय मेशिनबाट गरिने भएको छ ।















प्रतिक्रिया