काठमाडौं, २७ कात्तिक । आजबाट पोखरामा शुरु हुन लागेको नेपाल तरुण दलको चौथो महाधिवेशनले सर्वसहमतिमै नेतृत्व चयन गर्ने करिब पक्का पक्की भएको छ ।
पार्टीले नयाँ नेतृत्व पाएदेखि एक पछि अर्को गर्दै एक दशकपछि भातृ संगठनहरुको महाधिवेशन हुन थालेको हो । यस अघि कांग्रेसले नेविसंघ र महिला संघको नेतृत्व चुनावी प्रतिस्पर्धाबाट चयन गरिसकेको छ ।
तरुण दलको महाधिवेशन आज पोखरामा उद्घाटन हुने भएपनि नेतृत्व भने सहमतीमै चयन हुने करिब पक्का भएको छ । पार्टी नेता प्रदिप गिरी, नेविसंघका नव निर्वाचित अध्यक्ष नैनसिंह महर, सुवास पोखरेलहरुको दबाब र सुझावमा पार्टीको शिर्ष नेतृत्व तरुण दलको महाधिवेशन सर्व सहमती टुंगाउने निर्णयमा पुगिएको स्रोतको दाबी छ ।
पार्टीका अन्य भातृ संगठन र स्थानीय चुनावमा कांग्रेसको प्रभाव मजवुत बनाएर लैजान सर्वसहमतीको बाटो अपनाउन महर, गिरी लगायतका नेताले दबाब दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहमतीय प्रणाली अपनाउन तयार भएको स्रोतले बताएको छ ।
यतिबेला तरुण दलको नेतृत्व हत्याउन जितजंग बस्नेत, पदम पालुंगा, भुपेन्द्र जंग शाही, शुभाष पोखरेल र दामोदर कोइराला मैदानमा छन् । सर्वसहमतीबाट तरुण दलको अध्यक्षका लागि पार्टी नेतृत्वले जितजंंग बस्नेतलाई अघि सार्ने भएको छ ।
चुनावी प्रतिस्पर्धाले गुट उपगुटको खेल शुरु हुने र त्यसको प्रभाव स्थानीय निर्वाचन सम्म पर्ने भएकाले सहमतीय बाटो अपनाउन पार्टीलाई दबाब परेको थियो ।













प्रतिक्रिया