पाँचथर, २७ कात्तिक । पाँचथर जिल्लामा गाउँपालिकाको माग, वडा सीमाङ्कन बिबादलाई लिएर गाउँका जनता धान काटन छाडेर सदरमुकाम फिदिममा नारा जुलुस र धर्नामा देखिन थालेका छन् ।
राज्य पुनर्संरचनाको विषयलाई लिएर पाँचथरको सदरमुकाम फिदिममा गएको दुई महिना यता निरन्तर आन्दोलनका कार्यक्रम जारी छ । कतै आम निर्वाचनको चुनावी अभियान जस्तै गाडीमा नाराजुलुससहित बजार परिक्रमा लगायत धर्नामा ब्यस्त स्थानीयको सदरमुकाममा भिडलाग्ने गरेको हो ।
वडा तहको केन्द्र निर्धारणदेखि गाबिस बिभाजन, सेवा केन्द्र निर्धारण लगायतका कारण देखाउँदै दिनहुँ जिबिससहित राजनीतिक दलका कार्यलयमा धर्नाका कार्यक्रम हुँदै आएको छ ।
जिल्लाबाट पठाइएका दुई खाकामा आठ वटा स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ ।
शुक्रबार मात्रै दक्षिणी पाँचथरका नवमिडाँडा, इम्बुङ, पौवासार्ताप, चिलिसन्दन, फाक्तेप, आङसाराङ र रानीटारका स्थानीयले कडा चेतावनी सहितको आन्दोलनको घोषणा गरे ।













प्रतिक्रिया